प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
श्रावण २०७९
अवैध धातु र विदेशी मुद्रा सहित मानिस नियन्त्रणमा
२०७९-०४-१७

धादिङ, निलकण्ठ नगरपालिका-३ थोपल स्थित प्रहरीले गोप्य सूचनाको आधारमा अवैध धातु सुन र विदेशी मुद्रा सहित मानिस नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि स्थित रहेको खोलाको पक्कि पुलमा लपाङफेदीबाट धादिङबेशी तर्फ आउँदै गरेको ग.१ ज ६७५३ नं.को तुफान फोर्स गाडिमा सुन जस्तो देखिने धातु र अमेरिकि डलर जस्तो देखिने नगद ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा उक्त नं.को गाडीलाई नियन्त्रणमा लिई चेक जाचँ गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २६ वर्षीय शोभा तामाङ र सोहि बस्ने ४५ वर्षीय बेग बहादुर तामाङले बोकेको प्लाष्टिकको झोला भित्र सुन जस्तो देखिने धातु (५८८.१ ग्राम), अमेरिकि डलर जस्तो देखिने नगद (५० को ५७ वटा-२८५० र,१०० को १६३ वटा-१६,३००) फेला परेको हो । प्रहरीले दुबै जना लाई नियन्त्रणमा लिई अनुसन्धान पश्‍चात निज बेग बहादुर तामाङको घर खानतलासि गर्दा निजको घरबाट अटोमेटिक पेस्तोल २ थान, सोको म्यागजिन २ थान, सोको गोलि २० राउण्ड, कटुवा पेस्तोल १ थान र सुन जस्तो देखिने पँहेलो धातु ५ थान बरामद गरी नियन्त्रणमा लिएको छ । प्रहरीले आवश्यक थप अनुसन्धान कार्य गरिरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०४-१६

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१२ सोल्टि चोक स्थित प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने सोहि स्थित बस्ने २५ वर्षीय अमित तामाङ रहेका छन् । निजलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोली र प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । निजको घरमा खान तलासी गर्दा प्लाष्टिकको झोलामा लागुऔषध onerex (वनरेक्स)१४८ बोतल (प्रति बोतल १०० ml ) फेला परेको थियो । प्रहरीले उक्त लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०४-१५

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ भैरबरोड स्थित चिल्ड्रेन पार्क नजिक रहेको चौतारी होटलबाट प्रहरीले लागुऔषध सहित मानिसहरुलाई नियन्त्रणमा लिएको छ ।वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा उक्त चौतारी होटेलमा बसिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । निजहरुको साथबाट लागुऔषध वानरेक्स १३ बोतल (प्रति बोतल १०० ml) फेला परेको थियो । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।निम्न:१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.२ संगमचोक बस्ने बर्ष अं. ४९ को राजेश श्रेष्ठ ।२.ऐ.ऐ. ४  फरेष्टि बस्ने बर्ष अं. ५४ को रामजकाजि श्रेष्ठ ।३.ऐ.ऐ.१३ आदामार  बस्ने बर्ष अं. २६  कि आहाना भन्ने अल्बिना तामाङ । ४. ऐ.ऐ.१२ पदमपोखरि घर भई हाल ऐ.११ थानाभर्‍याङ बस्ने बर्ष अं. २५ कि ईसा घलान ।

अधिक लोड >>
कम देखाउनुहोस् <<